ट्वीटरको मालिक भएपछि एलन मस्कले बहटाए चार शीर्ष अधिकारी
मेरोन्यूज
२०७९ कार्तिक ११ गते ८:०७

सान फ्रान्सिस्को । विश्वकै धनाढ्य एलन मस्कले सोशल मिडिया कम्पनी सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । ४४ अर्ब डलर डिल क्लोज गरेसँगै मस्कले ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गरेका हुन् ।
बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।
मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ । कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन् । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।
सम्बन्धित











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया