ह्यालोविनमा भागदौडपछि भीड व्यवस्थापन गर्न राष्ट्रपतिको आह्वान
मेरोन्यूज
२०७९ कार्तिक १५ गते १०:३८

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन् । राजधानी सीउलमा ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार यस्तो आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका हुन् ।
।सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते भएका छन् ।
भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवा युवती छन् । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति थियो ।एजेन्सी
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया