श्री गुरुङको प्रतिबद्धता- नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् ।
क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका गुरुङले ‘पर्यटन नै सम्वृद्धिको आधार देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मतदातासँग मत मागेका छन् ।
नेपालको पर्यटन, प्रविधि, व्यापार र ऊर्जा प्रवद्र्धनमा जोड दिएका उनले चीन र दक्षिण एसियाली मुलुकहरुको समन्वय तथा लगानी अनि नेपालको निगरानी, स्वामित्व तथा कानुनी आधारमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण गर्ने बताएका छन् ।
नेपालको हिमालहरुमा जलवायु परिवर्तनको असरको मुद्दा विश्वव्यापीकरण गर्न पहल गर्ने उद्घोष गरेका श्री गुरुङले गाजा खेतीलाई पर्यटन, औषधीजन्य, कपडाजनइ तथा व्यापारिक प्रयोजनका लागि मापदण्डसहितको वैधानिकता दिन कानुन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।
घरदैलोमा जाने क्रममा काठमाडौं–५ का मतदाताले देखाएको उत्साहले आफू निर्वाचित हुने दाबी गरेका उनले सीपमुलक शिक्षा, सफा अस्पताल, प्रविधियुक्त सरकारी सेवालाई आफ्नो एजेण्डामा समावेश गरेका छन् ।
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया