शुक्रबार, चैत ६, २०८२

लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सन मधेस प्रदेश समितीबीच सम्झौता

मेरोन्यूज २०७९ कार्तिक २१ गते १५:१९

काठमाडौँ । लुम्बिनी बिकास बैंक लि. र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेस प्रदेश समितीबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौताअनुसार नेशनल प्याब्सन मधेस प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंकले काठमाडौं उपत्यकामा थप तीन शाखा तथा एक्सटेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।

प्रतिक्रिया