लेबनानलाई हैजाविरुद्धको छ लाख खोप प्राप्त
काठमाडौँ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार हैजा खोपको विश्वव्यापी आपूर्ति व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी)बाट छ लाख डोज हैजा खोपको प्राप्त गरेको छ ।
खोपहरू स्वास्थ्य मन्त्रालयको केन्द्रीय औषधी गोदाममा पुर्याइएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नोभेम्बर १२ बाट खोप अभियानमा सुरु हुने बताइएको छ ।
अभियानले एक वर्ष वा माथिका सबै शरणार्थी र आयोजक समुदायलाई लक्षित गरिने बताइएको छ । आगामी तीन हप्तामा लक्षित जनसङ्ख्याको ७० प्रतिशतमा पुग्ने लक्ष्य रहेको जनाइएको छ ।
देशमा हैजाको प्रकोप द्रुत रूपमा फैलिरहेको हुँदा खोप महत्त्वपूर्ण उपकरण हुने लेबनानमा डब्ल्यूएचओ प्रतिनिधि अब्दिनसिर अबुबाकरले बताए ।
खोप आगमन समयमै भएकोमा लेबनानको जनस्वास्थ्य मन्त्रालय, संयुक्त राष्ट्र सङ्घका एजेन्सी र साझेदारसँगको सामूहिक प्रयासलाई अबुबाकरले धन्यवाद दिएका छन् ।
















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया