युक्रेनमाथिको रुसी हमला बर्बरः बाइडेन
मेरोन्यूज
२०७९ कार्तिक ३० गते १३:५७

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन् । पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो ।
युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।
यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।
एजेन्सी
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया