खल्तीबाट हजार वल्ड्रकप टिभी प्याकेज जित्नुहोस् अफर

काठमाडौँ । कतारमा हुन गइरहेको आगामी फुटबल वल्ड्रकपका लागि खल्तीले वल्ड्रकप टिभी प्याकेज ल्याएको छ । जसमा प्रयोगकर्ताले पाँच सय रुपैयाँमा प्याकेज खरिद गर्न सक्ने छन् ।
यसैबीच, खल्तीले आफ्ना प्रयोगकर्ताका लागि हजार वल्ड्रकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको छ । खल्ती प्रयोगकर्ताले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्ने छन् । यस्तै, केही भाग्यशाली प्रयोगकर्ताले विश्वकप टिभी प्याकेज खरिदमा पूरै क्यासब्याक पाउने छन् ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘विश्वभर सबैभन्दा धेरै हेरिने खेलकुद इभेन्टमध्ये यसको क्रेजलाई ध्यानमा राख्दै हामी प्रत्येक नेपालीको घरघरमा यो सेवा तत्काल उपलब्ध गराउने सुनिश्चित गर्न डिजिटल भुक्तानीको सुविधा दिन पाउँदा खुसी छौँ, मलाई विश्वास छ कि, हाम्रा प्रस्ताव र उपहारले विश्वकपको सिजनलाई थप आकर्षक र रमाइलो बनाउनेछ ।’
खल्ती एपभित्र नेट टिभीलगायतका अन्य टिभी प्रदायकको वल्ड्रकप टिभी प्याकेजहरू उपलब्ध छन् । अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताले सक्ने छन् ।

















राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया