चीनमा कोभिड नीतिविरुद्ध सर्वसाधारणको आक्रोश, प्रदर्शनकारीले मागे राष्ट्रपति सीको राजीनामा

काठमाडौं । चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ । कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन् । सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे । विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा प्रदर्शन गरेका छन् । उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ । लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।
चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन् । प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।
सी जीनपिङको राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेका थिए । केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए । त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरु सडक प्रदर्शनमा उत्रिएका थिए । एजेन्सी
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया