हिजाब नलगाएकी महिलालाई सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक प्रबन्धक

काठमाडौं । बैंक हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजधानी तेहरान नजिकको कोम प्रान्तमा एक बैंक प्रबन्धकले ‘बिहीबार एक अनावरण महिलालाई बैंक सेवाहरू उपलब्ध गराएको थियो ।’
उनलाई गभर्नरको आदेशले पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ ।
इरानमा अधिकांश बैंकहरू राज्य–नियन्त्रित छन् र हिजाब कानून लागू गर्ने त्यस्ता संस्थाहरूमा व्यवस्थापकहरू जिम्मेवारी रहेको हाजिजादेहले बताए ।
८ करोडभन्दा बढी जनसंख्या भएको देशमा महिलाहरूले आफ्नो टाउको, घाँटी र कपाल छोप्न त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले अनिवार्य गराएको छ । सेप्टेम्बरमा एक युवतीले हिजाब नलगाएको भन्दै त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएपछि देशभर हिजाबविरोधी प्रदर्शन चर्किएको छ ।एजेन्सी
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया