बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ सम्पन्न

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नोभेम्बर २४ तारिकमा काठमाडौंमा भएको हो ।
कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरू, बीवाइडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागिता रहेको थियो । विश्वमा ईभीप्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशमा ईभीको उपभोग बढ्दो क्रममा रहेको छ ।
ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र इन्डियामा बीवाइडीका शोरुम, वर्कसप, चार्जिङ स्टेशन जस्ता आवश्यक पूर्वाधार तीव्र गतिमा विस्तार भइरहेका छन् । काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांङले कम्पनीको योजना र विश्वभर बीवाइडीको बिक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए ।
बीवाइडीको न्यू इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै जाङले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारी साधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।’
कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरिन् । नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै उनले भनिन्, ‘नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको छ । त्यसमा नेपाल सरकार, यहाँ व्यवसायी र उपभोक्ताको कारण सम्भव भएको हो । बीवाइडीको यो नयाँ कान्तिकारी स्टेट अफ आर्ट टेक्नलोजीु का कारण ईभीको प्रयोग यहाँ बढ्दै गएको छ ।’
बीवाईडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलर ग्रुपको सहभागिता रहेको थियो । उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरुले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिङ भएको जानकारी दिएका थिए ।
साइमेक्स इंक नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीको एकमात्र आधिकारीक वितक हो । साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगंज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ । साइमेक्सले हालैमात्र काठमाडौको नक्सालमा स्टेट अफ आर्ट शोरुमको सञ्चालन गर्नुका साथै बीवाइडीको पहिलो एसयूभी एटो३ समेत लन्च गरेको छ ।
















भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया