हेडस्कार्फ नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर

तेहरान । आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको स्कार्फ अनजानमा खसेको बताएकी थिइन् ।
हेडस्कार्फको विरोधले इरानमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ड्रेस कोड नमान्ने पर्वतारोहीलाई नायकको रूपमा प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनको घरको भग्नावशेष र उनले प्राप्त गरेका पदक चौउरमा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ । त्यस्तै , उनका भाई (जो शीर्ष धावकसमेत हुन) रोइरहेको भिडियोमा देख्न सकिन्छ ।
सरकार विरोधी कार्यकर्ताहरूले रेखाबीविरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन् । उक्त फुटेज कहिले खिचिएको भन्ने केही उल्लेख गरिएको छैन् । उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ । गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ ।एजेन्सी
















स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया