चीनका प्रमुख सहरमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै

बेइजिङ । चिनियाँ अधिकारीहरूले कोभिड–१९ प्रतिबन्धहरू न्युन गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ । चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्युन गर्दै लगेको हो ।
ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ ।
दक्षिणी सहर चेङ्दु र तियान्जिनको उत्तरी महानगरमा लाग्दै आएको कोभिड प्रतिबन्ध खुकुलो बनाइएकाे छ । बेइजिङमा पनि सार्वजनिक सवारी साधन प्रयोग गर्दा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नु नपर्ने भएको छ । तर, सपिङ मलमा जाँदा भने पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ आएको रिपोर्ट पेस गर्नुपर्छ । एजेन्सी










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया