खरिद अनुगमन कार्यालयलाई समेत नटेर्ने ८ ठेकेदारलाई अन्तिम मौका

काठमाडौं । कालोसूचीका लागि सिफारिसमा परेका ८ ठेकेदार कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई समेत अटेरी गरेका छन् । कार्यालयले ८ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधार भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर उनीहरूले हालसम्म कुनै जवाफ नपठाएको कार्यालयले जानकारी दिएको छ । उनीहरूलाई सात दिनभित्र जवाफ पठाउन कार्यालयले अन्तिम मौका दिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमातहतको दुर्गालक्ष्मी क्याम्पसले गुण निर्माण सेवा नामको ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । त्यस्तै सुर्खेत सडक डिभिजनले सिरुवा/कविर/सुनकोशी जेभीलाई सिफारिस गरेको थियो । पर्साको जगरनाथपुर गाउँपालिकाले मुस्कान सप्लायर्स, भरतपुर महानगरपालिकाले अनुष्ठान कन्स्ट्रयाक्सन, पोखराको सडक डिभिजनले सिरुवा कन्स्ट्रक्सन, वीरगञ्ज महानगरपालिकाले दिल्ली ट्रेडिङ र खैरहनी नगरपालिकाले जयगढी माई निर्माणलाई कालोसूचीमा सिफारिस गरेको छ ।

















संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया