सुनको मूल्य एक लाख नजिक
मेरोन्यूज
२०७९ मंसिर २२ गते १२:२५

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया