यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १८ पैसा कायम रहेको को छ । बिहीबारको अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैया ११ पैसा बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै, बिहिबार सिंगापुरे डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९९ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया