दोर्दीका किसान च्याउ खेतीतर्फ आकर्षित

लमजुङ । दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ ।
गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार मागका आधारमा कन्ये च्याउको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले किसानलाई च्याउ खेतीतर्फ आकर्षित बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताए ।
स्वास्थ्यका लागि निकै फाइदा हुने र आफ्नै गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको बीउ वितरण गरिएको उनले बताए । कतिपय किसानले यसअघि च्याउ खेतीसम्बन्धी तालिम पाइसकेका छन् । कतिपयले देखासिखीको आधारमा च्याउ खेती गर्न सकिने बताएका छन् ।
दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्र आधुनीतिकरण तथा व्यवसायिक परियोजनाअन्तर्गत विशेष अनुदान कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट नयाँ व्यवसवाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत मह उत्पादन, माछापालन र च्याउ खेतीको तीनवटा कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ व्यवसाय प्रवर्द्धनअन्तर्गत च्याउ खेतीका लागि च्याउको बीउ खरिद गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
किसानले यसमा १२ हजार पाँच सय रुपैयाँ लागत साझेदारी जुटाएका छन् । यसबाट च्याउका बीउ खरिद गरी वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

















हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया