दक्षिण कोरियामा भागदौड हुँदा गृहमन्त्रीलाई बर्खास्त गर्ने प्रस्ताव

काठमाडौँ । दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ ।
अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।
विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक योलले गृहमन्त्रीको राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरे डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।
आन्तरिक मन्त्रालयले दक्षिण कोरियाको पुलिसको निरीक्षण गर्दछ । जसलाई सियोलको इटावनमा भएको घटनाका लागि आलोचना गरिएको छ । देशका प्रहरी प्रमुख युन हे कुनले आपत कालीन जबाफ ‘अपर्याप्त’ भएको भन्दै घटनाबारे पूर्ण अनुसन्धान गर्ने वाचा गरे ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया