इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिङ र बिए (अनर्स) विजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।
कलेजले आज दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको छ ।
बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
अवसरमा बोल्दै उनले भने, ‘तपाईहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनु हुनेछ ।’

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया