सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष ३ गते २०:०६
काठमाडौँ । अफगानिस्तानको राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।
केही मृतकहरू जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । पाँच जना महिला र दुई जना बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ ।
शनिबार राति विष्फोटसँगै लागेको आगो आइतबारमात्र निभाइएको थियो ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया