१३ रोहिंग्याको हत्या गर्ने गिरोहका केही व्यक्ति पक्राउ
काठमाडौँ । म्यानमारको प्रहरीले १३ जना रोहिंग्याको हत्यामा संलग्न मानव बेचबिखन गर्ने गिरोहका १२ जना संदिग्ध सदस्यलाई पक्राउ गरेको छ ।
गत डिसेम्बर ९ मा व्यापारिक केन्द्र याङ्गुन नजिकैको हलेगु शहरको एक कम्पाउण्डमा प्रहरीले छापा मारेर पाँच वटा गाडी र तस्करीमा प्रयोग हुने एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।
उक्त गिरोहले पश्चिमी रखाइन राज्यबाट २५५ जना ‘बङ्गाली’लाई तस्करी गरेको र बौद्ध बहुल म्यान्मारमा व्यापक विभेदको सामना गरिरहेका मुस्लिम अल्पसङ्ख्यक समुदायका लागि अपमानजनक शब्द प्रयोग गरेको बताइएको छ ।
यसले उनीहरूको अन्तिम गन्तव्य के हो भनेर बताएको छैन । गत डिसेम्बर ५ मा हलेगु नजिकै सडक किनारमा मृत भेटिएका १३ जना रोहिंग्याको संलग्नता उक्त गिरोहमाथि भइरहेको अनुसन्धानसँग जोडिएको बताइएको छ ।
बयानमा उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण दिइएको छैन । तर, एक रोहिंग्या स्रोत र स्थानीय सञ्चार माध्यमका अनुसार उक्त समूह तेल ट्याङ्करभित्र यात्रा गरिरहेको थियो ।
हलेगुको कम्पाउण्डमा छापा मार्दा अन्य १९ जना रोहिंग्यालाई तस्करले आफ्नो यात्राको अर्को चरणमा लैजान पर्खिरहेका थिए ।
सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेर लाखौं रोहिंग्या मुसलमान हत्या, बलात्कार र आगजनीका पीडादायी कथा लिएर छिमेकी देश बङ्गलादेश पुगेका थिए । म्यान्मारले संयुक्त राष्ट्रसङ्घको उच्च अदालतमा नरसंहारको आरोप खेपिरहेको छ ।
रोहिंग्याहरूलाई बङ्गलादेशबाट अनधिकृतरूपमा म्यानमार प्रवेश गरेको आरोप लगाउने गरिएको छ । उनीहरूलाई नागरिकता, धेरै अधिकार, स्वास्थ्य सेवा र शिक्षाको पहुँचबाट धेरै हदसम्म बञ्चित गरिएको छ ।
यसै महिनाको सुरुमा अदुवा ओसारपसार गर्ने ट्रकमा लुकेर बसेका ७० जना रोहिंग्यालाई याङ्गुनको उत्तरमा सडक छेउको नहरमा ठोक्किएपछि पक्राउ गरिएको जुन्ताले जनाएको थियो ।
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया