टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार
काठमाडौँ । एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्ने क्रममा रहेको बुझिएको छ ।
टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै उनीहरूले बुधबार ती आप्रवासीहरूलाई आइदिन प्रान्तको तटमा फेला पारेका थिए ।
ग्रीक सुरक्षा बलहरूले आप्रवासी सवार रबरको ढुङ्गालाई जुन दिशाबाट आइरहेका थिए सोही दिशामा फर्काउँन बल प्रयोग गर्दा पानीमा डुबेको थियो ।
टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्त्वपूर्ण मार्ग भएको हो । टर्किए र युरोपेली सङ्घबीच सन् २०१६ को मार्चमा अवैध आप्रवासीको प्रवाहलाई रोक्न सम्झौता भएको थियो ।
टर्किएको कोस्ट गार्ड कमाण्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा जनवरी १ देखि डिसेम्बर १५ सम्म टर्कीको क्षेत्रीय जलक्षेत्रमा भएका एक हजार ५५० अवैध आप्रवासी घटनाहरू नियन्त्रण गर्ने क्रममा जम्मा ४७ हजार ४९८ अनियमित आप्रवासी पक्राउ गरिएको थियो ।
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया