कम्बोडिया क्यासिनो आगलागी, १६ जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष १४ गते १८:३९
काठमाडौँ । थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५० जना घाइते भएका छन् ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् ।
आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया