सशस्त्र प्रहरीको आचरणसम्बन्धि आदेश जारी, विभागीय स्वीकृति लिएर मात्रै भेटघाट

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीका लागि कुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेट गर्न पालना गर्नु पर्ने आचारणसम्बन्धि स्थायी आदेश २०७९ जारी गरेको छ ।
यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनैतिक दलका नेताहरूलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले उक्त स्थायी आदेश जारी गरेको हो । यसबाट आफू खुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुने छ ।
यस्तै, भेट गर्नु परेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रुपमा स्वीकृति लिनु पर्ने छ । सशस्त्र प्रहरी कर्मचारीहरूले सरकारी प्रयोजनका लागि भेटघाट गर्नु पर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानु पर्ने छ ।
यस्तै कुटनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएअनुसार प्रक्रिया पूरा गर्नु पर्ने छ । साथै, सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि तथा विभिन्न संचार माध्यमहरूसँग सम्पर्क एवं अन्तरवार्ताका लागि दुई वटा स्वीकृतीको निवेदन फारमसमेत जारी गरेको छ । ।
भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्रांकति अधिकृतहरूले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालबाट सिलसिलेबार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृती लिनु पर्ने छ ।
राजपत्र अनङ्कित कर्मचारीहरूले आफू कार्यरत कार्यालयमार्फत सिलसिलेवार मानव श्रोत विभाग प्रमुखको स्वीकृती लिनु पर्नेछ । सो स्वीकृतीको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनु पर्ने छ ।
यसका साथै सो स्थायी आदेशमा विभिन्न संचार माध्यमहरुमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नु पर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नु पर्नेछ । मातहत इकाईका सूचना अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने छ ।
सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरु बाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले संचारमाध्यममा कुनैपनि सूचना संप्रेषण गर्नुपरेमा वा अन्तरवार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिए अनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्ता मार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्ने छ ।
सो आचरण सम्बन्धि स्थायी आदेश कडाईका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाईहरुलाई निर्देशन दिएका छन् । यसका साथै कुनै पनि कर्मचारीले आचरणसम्बन्धि स्थायी आदेशविपरीत कार्य गरे नियमावली बमोजिम सजाय गरिने सशस्त्र प्रहरीले जनाएको छ ।















One killed in road accident
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
35 days to HoR elections: EC to use Nepal-made election materials
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिक्रिया