मंगलबार, वैशाख २२, २०८३

युगाण्डामा भागदौड हुँदा नौ जनाको मृत्यु

मेरोन्यूज २०७९ पुष १७ गते २१:४४

काठमाडौँ । युगाण्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भाग दौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।

Advertisement
NiccNicc

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए । उक्त घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो ।

प्रदर्शन समाप्त भएपछि, भागदौड मच्चिएको र तत्कालै पाँच जनाको तत्काल मृत्य भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया