भारतमा घर जग्गाको कारोबार उच्च बिन्दुमा पुग्यो
काठमाडौँ । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घर जग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो ।
नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्य व्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड १९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ ।
प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कूल तीन लाख १२ हजार ६६६ आवासीय भवन बिक्री भएका थिए । यस्तै, तीन लाख २८ हजार १२९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो ।
आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रहेको छ । त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो ।
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले सरकारी धितोमा अल्प कालका निम्ति उपलब्ध गराइने ऋणको दर पाँचपटक बढाएको थियो । आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो ।
















मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया