प्रतिनिधिसभा सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज
मेरोन्यूज
२०७९ माघ ४ गते ७:०६

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
प्रधनमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा (एमाले)ले समेत सभामुखको उम्मेदवार तोक्न सकेको छैन । एमालेले सभामुख कसलाई उम्मेदवार बनाउने औपचारिक छलफलसमेत थालेको छैन ।
प्रधानमन्त्री दाहालले भने सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् । मंगलबार बालुवाटारमा विश्वासको मत दिएका सबै पार्टीलाई बोलाएर उनले छलफल गराएका छन् । छलफलमा कुनै सहमति हुन सकेको छैन ।

सम्बन्धित









एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
हेमजा साहित्य महोत्सव सम्पन्न
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया