पाकिस्तानी सेनाकाे कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् ।
गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन ९आइएसपीआर० ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो ।
अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ ।
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया