टर्की भूकम्पमा घानाका चर्चित फुटबलरको शव फेला

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । यसैबीच, घानाका फुटबलर क्रिस्चियन अत्सुको शव टर्कीको हातेमा फेला परेको छ । उनको घर भूकम्पले ध्वस्त भएको थियो । ३१ वर्षीय अत्सु सेप्टेम्बरमा नै टर्किस सुपर लिग क्लबमा आवद्ध भएका थिए । अत्सुले प्रिमियर लिगमा चेल्सी र न्युक्यासलबाट खेलिसकेका छन्।
रोयटर्स समाचार एजेन्सीको रिपोर्ट अनुसार भूकम्पका कारण पृथ्वीको सतहमा ३०० किलोमिटर लामो दरार परेको थियो , टर्की र उत्तरी सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पले पृथ्वीमा धेरै क्षति पुर्याएको छ । यहाँ जमिन दुई विपरीत दिशामा २३ फिटसम्म सरेको छ ।
टर्कीको प्रकोप एजेन्सीका प्रमुख ओरहान तातारले गत फेब्रुअरी ६ यता गएको भूकम्पपछि ४ हजार ७ सय परकम्प आएको बताए । ‘त्यहाँ हरेक चार मिनेटमा परकम्प आउँछ। यीमध्ये अधिकांशको तीव्रता ४ भन्दा बढी छ, ‘ उनले भने।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया