बिहीबार, वैशाख २४, २०८३

चिनियाँ उपविदेश मन्त्री जापान जाँदै

मेरोन्यूज २०७९ फागुन ८ गते १९:५१

काठमाडौँ । चिनियाँ उपविदेश मन्त्री सुन वेइडोङले द्विपक्षीय सुरक्षा वार्ता र नियमित कूटनीतिक परामर्शका लागि फेब्रुअरी २१ मा जापानको भ्रमण गर्ने तयारी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिए ।

Advertisement
NiccNicc

दुवै देशको सहमति अनुसार सुनले १७ औँ चीन–जापान सुरक्षा वार्ता र २९ औँ नियमित कूटनीतिक परामर्श जापानी विदेश मामिलाका वरिष्ठ उपमन्त्री शिगेओ यामादासँग गर्ने प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा बताए ।

दुई पक्षले चीन–जापान सम्बन्ध, रक्षा र सुरक्षा नीतिका साथै साझा सरोकारका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा व्यापक र गहन विचार आदान प्रदान गर्नेछ पनि वाङले उल्लेख गरे ।

प्रतिक्रिया