टर्कीमा फेरि ६.३ म्याग्नेच्युडको भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, २९४ जना घाइते
मेरोन्यूज
२०७९ फागुन ९ गते ८:३१

काठमाडौँ । टर्कीमा ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातापछि फेरि अर्को शक्तिशाली भूकम्प गएको छ ।
क्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
कम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।
टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् ।
भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७।८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया