आइतबार, माघ १८, २०८२

होलीमा उपत्यकामा मात्रै दुई हजार पाँच सय बढी सवारी चालकलाई कारबाही

मेरोन्यूज २०७९ फागुन २३ गते ७:२०

काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा फगुपूर्णिमा (होली)को दिनमात्रै २ हजार ५ सय ५६  सवारी चालकलाई कारबाही गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना,लेन अनुशासन उलंघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको जानकारी दिएको छ ।

त्यस्तै रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सवारी चलाउने (लिडार गन) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


 

प्रतिक्रिया