लागुऔषधसहित ५ जना पक्राउ

काठमाडाैं । काठमाडाैं र धनकुटाबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । धादिङकाे गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटाकाे आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुलजिपबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका-१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका-२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया