आइतबार, माघ १८, २०८२

पाँच डिआइजीपी एआइजीपीमा बढुवा

मेरोन्यूज २०७९ चैत ६ गते ९:५६

काठमाडौं। नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) मा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका ५ डिआइजपिीलाई एमआइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहररू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका थिए । जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।

यी पाँच मध्यबाट अर्को साता नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया