शुक्रबार, फागुन २२, २०८२

कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा वर्षा हुने

मेरोन्यूज २०७९ चैत २३ गते ६:२४

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकभर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा बदली रही बांकी पहाडी भू–भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया