शनिबार, वैशाख २६, २०८३

एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने

मेरोन्यूज २०७९ चैत २४ गते २०:४३

काठमाडौँ । फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जीडीएटीलाई ५० वटा हेलिकप्टर बिक्री गर्न सहमत भएको शुक्रबार जनाएको छ ।

Advertisement
NiccNicc

राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे जानकारी गराइएको हो । एयरबस हेलिकप्टरका प्रमुख कार्यकारी अधिकृत ब्रुनो एभनले एक विज्ञप्ति जारी गर्दै भने, “जीडीएटीले ५० वटा एच–१६० हेलिकोप्टर थप गरी एयरबसलाई बलियो बनाउने निर्णय गरेकोमा हामी गौरवान्वित छौं ।”

म्याक्रोँले शुक्रबार चीनको दक्षिणी औद्योगिक क्षेत्र ग्वान्जाओको भ्रमण गरेका थिए । उनको कार्यालयले चीनसँगको व्यापार अझै पनि सम्बन्धको महत्वपूर्ण भागको रूपमा हेरिएको जनाएको थियो । फ्रान्सले यसअघि नै संयुक्त राज्य अमेरिकाले लिने प्रत्यक्ष टकरावको मार्गबाट ‘अर्को बाटो’ खोज्ने बताएको थियो ।

“यो सम्झौता फ्रान्स र चीनबीचको आर्थिक र व्यापारिक सहयोगको महत्वको ठूलो उदाहरण हो,” जीडीएटीका अध्यक्ष पिटर जियाङलाई उद्धृत गर्दै एयरबसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साङ्घाईस्थित जीडीएटीले चिनियाँ आपतकालीन सेवा र सरकारी एजेन्सीसहित ग्राहकसँग हेलिकोप्टर बिक्री, र भाडा र मर्मतमा विशेषज्ञता हासिल गर्दछ ।

एच १६० लाई एयरबसले बहुमुखी हेलिकोप्टरको रूपमा बजारीकरण गरेको छ जुन भीआईपी यात्रादेखि सैन्य मिसनसम्मका भूमिकाहरूमा प्रयोग गर्न सकिन्छ ।

एयरबसका अनुसार सन् २०१५ मा एच १६० उत्पादन भएयता फ्रान्स लागि यो सबैभन्दा ठूलो निर्णय हो भने सम्झौताको मूल्यको बारेमा कुनै वित्तीय विवरण दिइएको छैन ।

प्रतिक्रिया