सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु

सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु भएको हो ।
उक्त हमलामा अरु १ सय ८३ जना घाइते भएका छन् । दुवै पक्षले राजधानीलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गरिहेका छन् । खार्तुममा विमानस्थल र सडक बन्द भएका छन् ।
अवस्था अत्यन्तै नाजुक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।
राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको छ ।
अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । तर, सेनाले उक्त दाबी अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।
सुडानमा सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।
-एजेन्सी















बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया