खालिस्तानी नेता अमृतपाल सिंह पञ्जावबाट पक्राउ

काठमाडौँ । खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबस्थित मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका परेका छन् । भारतीय सञ्चार माध्यमले पञ्जाब प्रहरीलाई उदृत गर्दै लेखेका समाचारहरूमा उनी त्यस स्थानबाट पक्राउ परेको उल्लेख छ ।
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार प्रहरीले उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी गरेको छ । राष्ट्रिय सुरक्षा ऐन अनुसार पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले सिंहलाई पक्राउ गरेको हो । केही समय अघि सिंह नेपालमा बसेको हुनसक्ने भन्दै आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग आग्रह गरेको थियो ।
भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन ।
३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया