जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।
विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२०अमेरिकी डलर) रहेको छ । यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो ।
एसटीआरको तथ्याङ्क अनुसार टोकियोमा होटलको औसत मूल्य २१ हजार ५८७ येन (करिब १६० डलर) अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ । सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो ।
एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया