सलमानको ‘किसीका भाइ किसीकी जान’ले चार दिनमा कति कमायो ?

काठमाडौं । सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’ले रिलिजकाे पहिलो दिन खराब ओपनिङ गर्यो ।
शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शन भएको यो फिल्मले पहिलो दिन १५.८१ करोड भारुको कलेक्शन गरेको थियो । यो उनको दश बर्ष यताकै खराब ओपनिङ हो । फिल्मले नेपाली बक्सअफिसमा पनि राम्रो कमाइ गर्न सकेन ।
दोस्रोदिन कमाइमा केहि सुधार आयो । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार फिल्मले २५.७५ करोड भारु बटुल्न सफल भयो । त्यस्तै तेस्रो दिन फिल्मले २६.६१ करोड कमाएको थियो ।
तर रिलिजको चौथो दिनमै यसको कमाइ ओरालो लागेको छ । चौथो दिनमा फिल्मले १.१७ करोड मात्र कमाउन सक्यो ।
फिल्मकाे चारदिनसम्मको कमाइ एकमुस्टमा ७८.३४ करोड भारु पुग्न आउँछ । यो तथ्याङ्क हेर्दा सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ले दोस्रो साताको अन्त्यसम्ममा १०० करोड माथीको कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया