आइतबार, वैशाख २७, २०८३

फेरि राष्ट्रपतिमा चुनाव लड्ने बाइडेनको घोषणा

मेरोन्यूज २०८० वैशाख १२ गते १७:१९

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति पदमा चुनाव लड्ने भएका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement
NiccNicc

बाइडेनले भिडियोमा भनेका छन्-‘चार वर्षअघि चुनाव लडेको बेला हामीले अमेरिकाको आत्मा बचाउन लडिरहेका छौं भनेर भनेका थिए । अहिले पनि उस्तै छ । त्यसैले म फेरि चुनाव लड्छु ।’

बाइडेनले उक्त भिडियोमा ट्रम्पका समर्थकलाई चरमपन्थी भनेका छन् ।

बाइडेनले भने, ‘राष्ट्रपति बनेको पहिलो वर्षमै मैले अमेरिकाको लोकतन्त्र र स्वतन्त्रतालाई मागा चरमपन्थीहरूबाट बचाएँ ।’ बिडेनले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई म्यागा भनेका छन् ।

सन् २०२० को राष्ट्रपतिको निर्वाचनअघि नै बाइडेनले २५ अप्रिलमा उम्मेदवारी घोषणा गरेका थिए ।

बाइडेनको राष्ट्रपति पदमा पुनस् उम्मेदवारी दिने विषय भने उनको डेमोक्रेटिक पार्टीमा त्यति रुचाइएको छैन । उनको उमेरको कारण पनि मतदातामा आकर्षण नरहेको अमेरिकी मिडियामा विश्लेषण भइरहेको छ ।

रिपब्लिकन पार्टीबाट भने पार्टीको आन्तरिक प्राइमेरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राजदुत निक्की हेलीबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया