सुडान सङ्कटः ५३४ भारतीयको उद्धार

भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गरिन लागेको हो ।
राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय नागरिरको पहिलो खेपलाई साउदी अरबको जुद्दा पु¥याएको छ ।
अपरेशन कावेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा दुई सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पु¥याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका छन् । जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले जानकारी दिए ।
यसैबीच एएफपीले ५० लाख जनसङ्ख्या रहेको खार्तुमबाट विदेशी सरकारले जल, स्थल र नभमार्गबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेका जनाएको छ । यसरी उद्धार गरिएकामा केही सुडानी पनि छन् । करिब ५० देशका एक हजार सात सय नागरिक बोकेको पानीजहाज आज बिहान साउदी अरब आइपुगेको छ ।
साउदी विदेश मन्त्रालयकाअनुसार दुई हजार विदेशीसहित दुई हजार एक सय ४८ जनालाई साउदी अरबले नै उद्धार गरेको छ । विभिन्न देशले जिबुटी, चाड, साइप्रस र साउदी अरबमा आफ्ना सैनिक एवम् वाहन तैनाथ गरेर उद्धारलाई तीव्र गतिमा अघि बढाएका छन् ।
संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा एघारदिनअघि प्रारम्भ भएको युद्ध सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।
दोहोरो झडपमा परी चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छभने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् । युद्धमा ज्यान गुमाउने र घाइते हुनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया