आइतबार, वैशाख २७, २०८३

जेलेन्स्कीसँग राष्ट्रपति सीको फोन वार्ता

मेरोन्यूज २०८० वैशाख १३ गते १८:१६

काठमाडौं । चीनले रसिया-युक्रेन युद्धमा चासो देखाएको छ। चीनका राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई टेलिफोन गरी यसबारेमा चासो देखाएका हुन् ।

Advertisement
NiccNicc

गत चैत पहिलो साता सी ले रसियाको भ्रमण गरेका थिए ।

इरान र साउदी अरेबियालाई मिलाएर मध्यपूर्वलाई शान्तितर्फ डोर्‍याइरहेको र रुस-युक्रेन युद्ध रोक्ने भरपर्दो मध्यस्थकर्ताको खोजी भइरहेका बेला राष्ट्रपति सीले जेलेन्सीकसँग फोन संवाद गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ।

‘चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग फोन वार्ता गर्नु भएको छ’, ग्लोबल टाइम्सले भनेको छ।

‘मैले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लामो र अर्थपूर्ण फोनवार्ता गरेँ। मलाई विश्वास छ, यो वार्ता र सँगसँगै चीनका लागि युक्रेनी राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली उर्जा दिनेछ,’ जेलेन्स्कीले भनेका छन्।

रुस-युक्रेन युद्ध चलेको लामो समय भईसक्दा पनि नरोकिरहेका बेला सीको चासो बढेको हो ।

प्रतिक्रिया