भारतमा सात हजार बढीमा कोरोना संक्रमण पुष्टि

गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ ।
दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।
हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०।१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् । विश्वव्यापी कोरोना महामारी शुरुभएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया