ट्वीटरमा शुल्क तिरेर समाचार पढ्ने व्यवस्था ल्याउँदै एलन मस्क

काठमाडौं । एलन मस्कले ट्विटरमा ठूलो परिवर्तनको घोषणा गरेका छन्। उनले ट्वीटरमा अब मिडिया प्रकाशकहरूले अर्को महिनादेखि सोशल मिडिया प्लेटफर्महरूमा लेखहरू पढ्न प्रयोगकर्ताहरूलाई शुल्क लिन अनुमति दिइने घोषणा गरेका हुन् ।
यो व्यवस्था भएपछि ट्विटर प्रयोगकर्ताहरूले लेख पढ्नको लागि मिडियाहरुले शुल्क लिनसक्ने छन् । अर्कोतर्फ, कहिलेकाहीं लेखहरू पढ्न चाहने प्रयोगकर्ताहरूले प्रति लेख शुल्क तिर्नुपर्नेछ । मस्कले यसलाई मिडिया संगठन र जनताको लागि ठूलो जित भएको बताए ।
ट्विटरले विश्वभरका क्रियटरहरूले अब ट्विटरमा साइन अप गर्न र कमाउन सक्ने जनाएको छ । ट्वीटर एकाउन्टमा कम्तीमा ५०० फलोअर भएकाले मात्र यसमार्फत पैसा कमाउन सक्ने बताएको छ । प्रमाणित भएको एकाउन्ट पछिल्लो ३० दिनदेखि सक्रिय भएको हुनुपर्ने बताएको छ ।
ट्विटरले आगामी १२ महिनाको लागि यसरी प्रयोगकर्ताले तिर्ने सहुलको कुनै पनि हिस्सा नलिने बताएको छ । यद्यपि, एन्ड्रोइड र आईओएसले ३० प्रतिशत शुल्क लिने भएका छन् । यो शुल्क निर्माताको आम्दानीबाट काटिनेछ ।
पहिलो वर्षपछि ‘आईओएस र एन्ड्रोइडको शुल्क १५ प्रतिशतले घटाइनेछ । यस बाहेक ट्वीटरले भोल्युमको आधारमा यसको शीर्षमा थोरै शुल्क थप्ने बताएको छ ।
ट्विटरले अप्रिल २१ मा ट्विटरले ट्विटर ब्लू टिकको सदस्यता लिएका सबैको निलो टिक हटायो । यद्यपि, दुई दिन पछि, अप्रिल २३ मा, ट्विटरले एक मिलियनभन्दा बढी फलोअर भएका मानिसहरूलाई ब्लू टिक प्रमाणीकरण ब्याजहरू फिर्ता गरेको थियो ।
मस्कले ट्विटरमा आम्दानी बढाउन यी परिवर्तनहरू गरेको बताइएको छ । मस्क आफ्नो प्लेटफर्ममा आम्दानीका लागि विज्ञापनदाताहरूमा मात्र निर्भर हुन चाहँदैनन् । यसै कारणले मस्कले ट्वीटरमा सशुल्क सदस्यता बनाउने योजना अगाडी ल्याएका थिए । मस्कले गत वर्ष अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । त्यसपछि उनले ट्वीटरमा लगातार परिवर्तन गरिरहेका छन् र यो क्रम जारी रहेको छ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया