आगालागीमा परी चार जनाको मृत्यु, सात घाइते
मेरोन्यूज
२०८० वैशाख १९ गते १९:१९
काठमाडौँ । विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् ।
जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् ।
आगलागीको खबर प्राप्त हुने वित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए । घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया