आइतबार, वैशाख २७, २०८३

मङ्गोलियामा तीन लाख ५९ हजार हेक्टर जङ्गल डढेलोले नष्ट

मेरोन्यूज २०८० वैशाख १९ गते २१:३९

काठमाडौँ । मङ्गोलियामा यस वर्षको शुरुदेखि छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट तीन लाख ५९ हजार ५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको ।

Advertisement
NiccNicc

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक २० वटा घर र एउटा गाडी जलेको छ ।

त्यस्तै ३,२७३ पशुपन्छी जङ्गलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ । आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ । नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ ।

यस्तै मङ्गलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स (प्रशासनिक उपविभागहरू)मा दुई वटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया