भारतमा सडक दुर्घटना परी ११ जनाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख २१ गते १८:०५
काठमाडौँ । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।
घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् । बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, ‘बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ ।’
छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए ।
दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ । स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन् ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया