पाकिस्तानको विद्यालयमा गोली चल्दा पाँच शिक्षकसहित सात जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी-शिया समुदायबीचको साम्प्रदायिक तनावले बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको पूर्व आदिवासी क्षेत्रको कुर्रम जिल्लाका प्रहरी प्रमुख मोहम्मद इमरानले एएफपीसँग भने, “दुई आक्रमणकारी विद्यालयभित्र पसी आक्रमण गरेका छन्, आक्रमणपूर्व उनीहरूले शिया समुदायको पहिचान गरी र गोली चलाउनुअघि उनीहरूलाई बाहिर पठाएका थिए ।”
इस्लाम धर्मावलम्बीको सुन्नी सम्प्रदायका एक व्यक्तिको कारमा मृत्यु भएपछि उक्त आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले जिल्लामा शान्ति बहालीका लागि दुवै समुदायसँग कुराकानी गरिरहेको उनले बताए ।
साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको शिया कुर्रम जिल्लाको मुख्य शहर पाराचिनारका एक वरिष्ठ सरकारी अधिकारी अमिर नवाजले घटनाको पुष्टि गरे ।
पाकिस्तानको २२ करोडभन्दा बढी जनसंख्याको करिब २० प्रतिशत शिया मुसलमान छन् ।
















झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया