आइतबार, चैत १५, २०८२

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा संचालन गर्ने सम्झौता

मेरोन्यूज २०८० वैशाख २५ गते १८:१९

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक बिच डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हाल पाँच बाणिज्य बैंक, पाँच विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले एससीटी-यूपीटी डेबिट कार्ड आफ्नो ग्राहकहरूलाई प्रदान गरिरहेका छन् ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले एससीटी-यूपीटी डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया