आइतबार, वैशाख २७, २०८३

एलोन मस्कले भेटे ट्विटरका लागि नयाँ सीईओ

मेरोन्यूज २०८० वैशाख २९ गते १६:२४

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरका सीईओ एलोन मस्कले राजीनामा दिने भएका छन् । उनले आफ्नो ठाउँमा एक महिलालाई जिम्मेवारी दिने भएका हुन् । मस्कले शुक्रबार एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।

Advertisement
NiccNicc

मस्कले उक्त ट्वीटमा लेखेका छन्, ‘ट्विटरका लागि नयाँ सीईओ चयन गरेको घोषणा गर्न पाउँदा उत्साहित छु। उनले आगामी ६ हप्तामा पदभार ग्रहण गर्नेछिन् । राजीनामा पछि मेरो भूमिका कार्यकारी अध्यक्ष र प्रमुख प्राविधिक अधिकारीको हुनेछ।’ यद्यपि उनले नयाँ सीईओको नाम खुलासा भने खुलासा गरेका छैनन् ।

वाल स्ट्रीट जर्नलकाे एक रिपोर्टका अनुसार एलोन मस्कले कमकास्ट एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख लिन्डा याकारिनोसँग कामको लागि वार्ता गरेका थिए। तर, यस विषयमा लिन्डाको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

मस्कले गत वर्ष अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए ।

प्रतिक्रिया